Saturday, October 10, 2026
Home समाचार भक्तपुरमा १५४ जना संक्रमित थपिए, मध्यपुरथिमीका मेयरलाई कोरोना संक्रमण

भक्तपुरमा १५४ जना संक्रमित थपिए, मध्यपुरथिमीका मेयरलाई कोरोना संक्रमण

48
नगरप्रमुख मदन सुन्दर श्रेष्ठ

माघ १,
भक्तपुर । मुलुकभर कोरोना संक्रमण बढन थालेको छ । त्यसको असर भक्तपुर जिल्लामा पनि देखिएको छ ।

स्वास्थ कार्यालयले दिएको तथ्यांक अनुसार शनिबार भक्तपुरमा १ सय ५४ जना कोरोना संक्रमित थपिका हुन् ।
जसमा भक्तपुर नगरपालिकामा २७, चागुनारायणमा १३, मध्यपुरथिमीमा ४८, सुर्यबिनायकनगपालिकामा ४१ जना रहेका छन् ।

२५ जना संक्रमितको भने ठेगाना खुलेको छैन । मध्यपुरथिमी नगरपालिका नगर प्रमुख मदन सुन्दर श्रेष्ठलाई कोरोना संक्रमण भएको उनले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।

शुक्रबार मात्रै भक्तपुरमा ८२ जना कोरोना संक्रमण देखिएको थियो ।