भक्तपुरमा १५४ जना संक्रमित थपिए, मध्यपुरथिमीका मेयरलाई कोरोना संक्रमण

42
नगरप्रमुख मदन सुन्दर श्रेष्ठ

माघ १,
भक्तपुर । मुलुकभर कोरोना संक्रमण बढन थालेको छ । त्यसको असर भक्तपुर जिल्लामा पनि देखिएको छ ।

स्वास्थ कार्यालयले दिएको तथ्यांक अनुसार शनिबार भक्तपुरमा १ सय ५४ जना कोरोना संक्रमित थपिका हुन् ।
जसमा भक्तपुर नगरपालिकामा २७, चागुनारायणमा १३, मध्यपुरथिमीमा ४८, सुर्यबिनायकनगपालिकामा ४१ जना रहेका छन् ।

२५ जना संक्रमितको भने ठेगाना खुलेको छैन । मध्यपुरथिमी नगरपालिका नगर प्रमुख मदन सुन्दर श्रेष्ठलाई कोरोना संक्रमण भएको उनले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।

शुक्रबार मात्रै भक्तपुरमा ८२ जना कोरोना संक्रमण देखिएको थियो ।