नेपाली राजनीति दलसँग चीनको निरन्तर सम्वाद

149

मंसिर २७, काठमाडौ । नेपालका राजनीति दलहरूसग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसि)ले निरन्तर संम्वाद गर्दै आइहरेको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग आइडीसीपीसीका उपमन्त्री चेन चाओले डिसेम्बर १३ मा भिडियो वार्ता गरेका छन् । चेनचाओले पोखरेलको पदभार ग्रहणमा बधाई दिदै दुई पार्टीबीचकाअन्तर सम्बन्धित विचारहरुलाई अझ बढी बलियो बनाउदै लैजाने विचार राखेका छन् ।
मंगलबार भोलि मंसिर २८ गते नेपालको संसदमा एमसीसी र अन्य प्रस्तावमा पुर्नविचार गर्न बैठक आयोजन गर्दै छ । यस्तो संवेदनशील समयमा चीनले ठुलो पार्टी नेपाली कांग्रेससँग सम्वाद गर्दै छ । चीन काङ्ग्रेसका साथै नेपाल र आफ्नो सम्बन्ध बलियो बनाउन सक्रिय छ ।
हालका दिनहरुमा सीपीसीले नेपाली राजनीतिका पार्टीहरुसंग सम्पर्क विकास गरिरहेको छ । नोभेम्बर ५ का दिन नेकपा (एकिकृत समाजबादी का अध्यक्ष माधवकुमार नेपालसँग चेन चाओसँग पनि कुराकानी गरेका थिए ।

नोभेम्बर २२ मा दक्षिण एसियाली वाम पार्टी र सरकार वीचको अनुभव सेमीनार तथा छैटौ प्लेनरी सेसन एवम् सीपीसी केन्द्रीय समितिको नीति गत विषयको विचार आदानप्रदान सम्पन्न भएको छ । त्यस बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल कमल दाहाल प्रचण्ड उपस्थित भएर आफ्नो विचार राखेका थिए । सीपीसीले हासिल गरेको उच्चस्तरको सफलताले नेपाली सबै राजनीतिक पार्टीहरुकालागि सुखद रहेको चीनको धारणा रहेको छ । साथै यसले दुइ देश बीचको आपसी सौहार्दतता दीगो राख्दै नेपाल चीनवीचको सम्बन्ध अझै गहिरो उने चिनियाँ कम्युनिस्ट पार्टको बिश्वास रहेको छ ।