Saturday, September 19, 2026
Home राजनीति एकीकृत समाजवादीका ६ सांसदले हस्ताक्षर फिर्ता लिए

एकीकृत समाजवादीका ६ सांसदले हस्ताक्षर फिर्ता लिए

226

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका ६ जना सांसदले मन्त्री फेर्ने पार्टी निर्णय नमान्ने भन्दै बुझाएको आठ बुँदै पत्रको हस्ताक्षर फिर्ता लिएका छन्। हिजो(शुक्रबार) सो पार्टीका १० सांसदले मन्त्रीहरू फेर्ने पार्टी निर्णय नमान्ने भन्दै संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए। पत्र बुझाएका १० जना सांसद मन्त्रीमध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सांसदहरू धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्त र बिनादेवी बुढाथोकीले हस्ताक्षर फिर्ता लिएका हुन्।