तपाईंलाई मानुषी लघुवित्तको आइपिओ पर्यो ?

191

भदौ ७, काठमाडौ । मानुषी लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड हुने भएको छ । बिकी प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले आज सोमबार बिहान आईपिओ बाँडफांड गरेको हो।

कम्पनीको आईपिओमा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदकले आवेदन दिएकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । २३ लाख ५४ हजार ७ सय ८४ जना आवेदक योग्य रहेकोले उनीहरुलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाबाट शेयर बाँडफां गरिएको छ ।

जस अनुसार गोलाप्रथाबाट ३६ हजार ८ सय ५९ जनाले १० कित्ता शेयर पाएका छन् । ति मध्ये ३ जना आवेदकले थप १ कित्ता गरेर कूल ११ कित्ता शेयर पाएका छन्। यस हिसाबमा आवेदन दिएका मध्ये २३ लाख २४ हजार बढी आवेदक हात खाली भएका छन् ।