क्यान्सर पिडित युवकलाई रकम हस्तान्तरण

110

प्रकाश कुमार कार्की
भदौ ७, भक्तपुर । अष्ट्रेलियामा रहेका नेपालीहरु द्धारा संकलन गरिएकाे रकम भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत एक युवक्लाई प्रदान गरिएको छ । सैनामैना-१, रुपन्देहीमा रहेकाे कलेजकाे कक्षा ११ मा अध्ययनरत विद्यार्थी गणेश खनाल कलिलै उमेरमा क्यान्सर राेगबाट पिडित हुनु हुन्छ ।
उहाँलाई अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरुले प्रंशानजङ्ग कुँवर मार्फत नेपाल पठाउनु भएको थियो । उताबाट पठाएको २ लाख ७ हजार ३ सय ४७ रुपैयाँ बिरामी खनालको उपचारको लागि पठाइएको हो । नेपाली कांग्रेसका युवा नेता एंव नेविसंघका पुर्व महामन्त्री कुन्दनराज काफ्लेले आज भक्तपुर क्यान्सर अस्पतालमै पुगेर विरामीकाे आमा शान्ता खनाल र विरामीकाे हातमा उक्त रकम हस्तान्तरण गर्नु भएको छ । उपचार खर्च धान्न नसकिरहेको र घरकाे आर्थिक अवस्था कमजाेर भएको कारणले थप उपचार गर्न समस्या आएकाे विरामीकाे आमा खनालले बताउनुभयाे । उहाँले अन्यलाई पनि सहयोगकाे समेत अपिल गर्नु भएको छ । साथै नेता काफ्लेले रकम संकलन गरि पठाउने विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्दै यस्ताे सहयोग गर्न पाएकाेमा खुशी व्यक्त गर्दै अावश्यक सहयोग जुटाउन लागि पर्ने बताउनुभयाे ।