सुर्खेत घोषणा पत्रजारी गर्दै ‘राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठी सम्पन्न’

377

चैत २,
काठमाडौ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा देशैभरीका होमस्टेकर्मीहरुको सहभागीतामा भएको तेस्रो राष्ट्रिय होम होमस्टेका नाममा फैलिएको विकृति विसंगतीलाई नियन्त्रण गर्न होमस्टे संचालकहरुले सरकारसंग माग गरेका छन् । सुर्खेतमा सम्पन्नमा तेस्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठीमा होमस्टेको नाममा विृकति ल्याउनेलाई दण्ड जरिवाना गर्न सरकारसंग माग गरेका हुन् । होसानका केन्द्रिय अध्यक्ष केशव प्रसाद बडाल भने ‘राम्रो काम गर्नेलाई पुरस्कारको व्यवस्थाको र विकृति ल्याउनेलाई कारबाही हुनु पर्दछ ।’ कार्यशाला गोष्ठीले ७ बुँदे सुर्खेत घोषणा पत्रजारी गरेको छ ।

गोष्ठिमा पशुपति न्यौपानेबाट होमस्टेको अवसर तथा चुनौतीे, रामचन्द्र सेढाईबाट कर्णाली प्रदेशमा होमस्टे, दिपकराज जोशीबाट कोभिड १९ पछिको होमस्टेमा स्वच्छता, डा. आलोक प्रसाईबाट नेपालमा होमस्टेको नीतीगत व्यवस्था र राजेन्द्र प्रसाद त्रिपाठीबाट होमस्टेमा तालिम, विकास तथा बजारीकरण विषयमा प्रस्तुत गरिएका कार्यपत्रहरुमाथि छलफल भएको होसान केन्द्रिय अध्यक्ष बडालले जानकारी दिएका छन् ।

कार्यशाला गोष्ठीको अवसरमा ७ वटै प्रदेशका उत्कृष्ट होमस्टेहरु साँघु कोलडाँडा सामुदायिक होमस्ट े(ताप्लेजुङ्ग), सुनाखरी सामुदायिक होमस्टे(पर्सा), नागार्जुन सामुदायिक होमस्टे(काठमाण्डौं), सुन्तलाबारी सामुदायिक होमस्टे (स्याङ्जा), जगदिशपुर सामुदायिक होमस्टे (कपिलवस्तु), आफर सामुदायिक होमस्टे(सुर्खेत), र थारु सामुदायिक होमस्टे (कैलाली) लाई सम्मान गरिएको थियो ।

त्यसैगरी राष्ट्रिय पर्यटन गीतका रचनाकार प्रह्लाद न्यौपाने, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल र विश्वपर्यटन संघबाट अवार्ड प्राप्त गरेकोमा कम्यूनिटी होमस्टे नेटवर्कका शिव ढकाललाई सम्मानगरिएको थियो । ३ दिन सम्म संचालन गरिएको कार्यशाला देशैभरबाट छानिएर आएका २ सय १५ जना अगुवा होमस्टेकर्मीहरुको सहभागिता रहेको थियो ।

सुर्खेत घोषणा पत्र

१. देशभरका सातै प्रदेशमा सिघ्र रुपमा वैज्ञानिक होमस्टे संचालन कार्यविधि जारी गर्न नेपाल सरकार समक्ष माग गर्ने ।
२. होमस्टेको ब्राण्डिङ्ग, वर्गिकरण, गुणस्तर, पहिचान र पर्यटक आचारसंहितका लागि आवश्यक मापदण्ड तय गर्ने ।
३. होमस्टेका नाममा फैलिएको विकृति विसंगतीलाई नियन्त्रण गर्न दण्ड जरिवाना तथा पुरस्कारको व्यवस्थाको लागिनिरन्तर अनुगमनगर्न र सम्पूर्ण सरोकारवाला निकायहरुसंग समन्वयकालागि आवश्यक संयन्त्र निर्माण गर्न सरकारसंग माग गर्ने ।
४. कोभिड १९ पछिको ग्रामिण पर्यटनको अग्रेणी मोर्चामा रहेको होमस्टेले विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्दै पर्यटकका लागि सेवा खुल्ला गर्ने ।
५.डिजिटल मार्केटिङ्गको माध्यमबाट नेपालको होमस्टे पर्यटनको बजारीकरणको लागि आवश्यक कार्यहरु अगाडी बढाउने ।
६. देशभर संचालन हुने होमस्टे क्षमताअभिवृद्धि तालिमलाई एकरुपताकासाथ संचालन गर्न पहलगर्ने ।
७. तेश्रो राष्ट्रिय होमस्टे कार्यशालागोष्ठी भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण संस्था तथा निकायहरुलाई धन्यवाद ज्ञापन गर्ने ।