Sunday, September 27, 2026
Home समाचार सरकारी अस्पतालका डाक्टरले निजी क्लिनिकमा नाम राखे कारवाही

सरकारी अस्पतालका डाक्टरले निजी क्लिनिकमा नाम राखे कारवाही

32

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूलाई निजी क्लिनिकमा नाम नराख्न सचेत गराएको छ। मन्त्रालयले एक सूचना प्रकाशित गर्दै मन्त्रालयले यस्तो भएको पाइए उक्त चिकित्सकमाथि प्रचलित कानूनबमोजिम कारवाही हुने चेतावनीसमेत दिएको छ।

निजी क्लिनिकमा नाम राख्नु भनेको नेपाल स्वास्थ्य सेवा ऐन २०५३, नियमावली २०५५, जनस्वास्थ्य ऐन २०७६ तथा नियमावली २०७७, नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ को नियम २२ विरुद्ध हुने उल्लेख गर्दै त्यसरी राखिएको नाम हटाउन आग्रह गरेको हो।

निजी क्लिनिकमा नाम नराख्न भने पनि मन्त्रालयले क्लिनिकमा काम गर्न नपाइने भनेको छैन। काठमाडौं उपत्यकासहित ठूला सरकारी अस्पताल भएका शहरमा सरकारी अस्पतालमा कार्यरत चिकित्सकले प्रायः बिहान र बेलुकी निजी क्लिनिकमा बिरामी जाँच्ने र उपचार गर्ने गरेका छन्।