डिस होमको आईपिओ कहिले आउँछ ?

262

माघ २०,
काठमाडौं । टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिस होमले सर्वसाधारणका लागि जारी गर्ने प्राथमिक सेयर (आईपिओ) अब छिट्टै निश्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आईपिओ निस्कासनलागि अनुमति दिने अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ । डिस मिडिया नेटवर्क लिमिटेडले २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निश्कासनको लागि २०७७ साल असार ३० गते बोर्डमा निबेदन दिएको थियो । सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
डिसहोमले २०७४ सालदेखि आफूलाई पब्लिक कम्पनीको रुपमा रुपान्तरण गरेको थियो । २०७५ साल पुस २७ गते सम्पन्न साधारणसभाले सर्वसाधारणमा प्राथमिक सेयर निश्कासनको प्रस्ताव पारित गरेको थियो । डिस नेपाल र होम टिभी सेवा बीच मर्ज भएर डिस होम संचालनमा आएको हो । डिसहोमले टेलिभिजनमात्र नभएर सिम टिभीको आइएसपीबाट इन्टरनेट सेवा प्रदान गर्न सुरुवात गरेको छ । डिसहोमले टेलिभिजन प्रसारणका लागि चाहिने सेटप बक्स समेत उत्पादन सुरु गरेको छ । डिसहोमका १५ लाख भन्दा धेरै ग्राहक रहेका छन् । व्यक्तिगत कम्पनीलाई पव्किल कम्पनीमा लगेर सेयर जारी गर्न लागिएको हो ।