२४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु

207
फाइल तस्विर

माघ २०,
काठमाडौँ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मात्र मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या २ हजार ३० जना पुगेको छ । थप १ सय ७१ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७१ हजार २ सय ८९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार ४ सय जना रहेको छ । मन्त्रालयका अनुसार आज २ सय ५९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६६ हजार ८ सय ५९ जना रहेको छ ।