दुवै प्रेमिकासंग एउटै मण्डपमा एकैपटक विवाह

134

पुस २४,
एजेन्सी । भारतको छत्तीसगढमा भएको एक विवाहको चर्चा अहिले भारतभर छ । टिकरा लोहंगा गाउँमा स्थानीय चन्दु मौर्यले एउटै मण्डपमा, एकैपटक, दुई युवतीसँग विवाह गर्नुभएको छ । चारदिनसम्म चलेको विवाह गत शनिबार सम्पन्न भएको थियो । मुरिया जनजातिका चन्दु भन्नुहुन्छ, ‘मैले दुवैलाई प्रेम गरेको थिएँ, कसैलाई पनि धोका दिन मन लागेन । मनमा अलि दुविधा भए पनि दुवै प्रेमिका विवाहको लागि तयार भए ।’ उनकी पत्नी सुन्दरी कश्यप र हसीना बघेल पनि विवाह हुँदा एकदमै खुसी छन् ।

सुन्दरी भन्नुहुन्छ, ‘म उहाँलाई मन पराउँथे र उहाँसँगै जीवन बिताउन चाहान्थेँ । पछि हसीना आइन् । उनी पनि चन्दुसँगै बस्न चाहन्थिन् । मलाई त कुनै पनि समस्या छैन । पछि विवाहको कुरा भयो र हामी दुवै चन्दुको श्रीमती बन्यौं ।’ ९ कक्षा पास गरेका २४ वर्षीय चन्दु खेतीकिसानी गर्छन् । खेतीको अलावा उनी वनको काठ र दाउरा बजार लगेर बेच्ने गर्छन् । तोकापालको एरन्डवाला गाउँमा एक कामको सिलसिलामा जाँदा तीन वर्ष अघि चन्दुको भेट सुन्दरीसँग भएको थियो । पहिलो भेटमा नै दश कक्षा पास गरेकी सुन्दरीले चन्दुलाई प्रेमप्रस्ताव राखेको चन्दु बताउनुहुन्छ । चन्दु आफ्नो गाउँ फर्किएपछि उनीहरूको मोबाइलमार्फत कुराकानी हुने गर्थ्यो ।

सुन्दरीसँगकै प्रेम चलिरहेकै बेला चन्दुले आफ्नै गाउँमा नयाँ युवती देख्नुभयो । ती युवती २० वर्षकी हसीना बघेल हुनुहुन्थ्यो । करन्जी गाउँकी ९ कक्षा पास गरेकी हसीना टिकरा गाउँमा एक विवाह समारोहमा सहभागी हुन पुग्नुभएको थियो । त्यहाँ सामान्य भेट भएका उनीहरुको मोबाइल नम्बर साटासाट गरे । कुराकानीको क्रम बढ्दै गएपछि प्रेम बसेको थियो । चन्दुले हसीना र सुन्दरी एक अर्काको बारेमा बताए । चन्दुका अनुसार हसीना र सुन्दरीलाई भेटाइन । त्यसपछि तीनैजनााको एक महिनासम्म एकआपसमा कुरा हुन थाल्यो । केही समय पछि हसीना आफ्नो गाउँ छोडेर चन्दुसँग बस्न आइन् । छत्तीसगढमा यो समान्य प्रक्रिया हो । केही सामान्य विधि पुरा गरेपछि युवा–युवती सँगै बस्न पाउने त्यहाँको परम्परा छ ।

हसीना चन्दुको घर आएको थाहा पाएपछि सुन्दरी पनि चन्दुको घरमा आउइन् । तर, सुन्दरीको परिवारले पछि उनलाई आफ्नै गाउँ फर्काएर लगेका थिए । तर पछि सुन्दरी भागेर चन्दुकहाँ पुगिन् । यसपटक भने परिवार आएनन् र सुन्दरी चन्दु र हसीनासँगै बस्न थाले । आफूहरू बस्न थालेको एक वर्षपछि घरपरिवारले पनि विवाह गर्न सुझाव दिए । विवाह सम्पन् भएपछि उनीहरुको विवाहले कानूनी मान्यता पाउँछ वा पाउँदैन भन्ने विषयामा अनेक टिकाटिप्पणी सुरु भएको छ । भारतको कानूनले उनीहरुको विवाहलाई कानुनी मान्यता दिने अधिवक्ताहरु बताउँछन् । जनजातीहरुको आफ्नै परम्परा हुने र उक्त परम्परालाई कानूनको मान्यता दिइएकाले उनीहरुलाई कानूनबमोजिम कारबाही हुनेछैन ।