मुख्यमन्त्री भट्ट प्रधानमन्त्रीको स्वागतमा गएनन्

263

पुस २४,
काठमाडौं । आफ्नोपक्षको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली धनगढी पुग्नुभएको छ । नेकपा विभाजनपछि पहिलो पटक काठमाडौं उपत्यकाबाहिर जानुभएका प्रधानमन्त्रीलाई चार दिन अघिदेखि धनगढी पुगेको केन्द्रीय मन्त्री एवं जिल्लाका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । तर, सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट भने प्रधानमन्त्री ओलीलाई स्वागत गर्न गएनन् । सामान्यतया कुनै पनि प्रदेशमा प्रधानमन्त्री जाँदा त्यहाँको मुख्यमन्त्री स्वागतका लागि जाने परम्परा छ । मुख्यमन्त्री भट्ट नजानुले कार्यक्रममा नजानुलाई ओलीपक्षीय नेताले गम्भीरताका साथ हेरेका छन् ।

पार्टीमा आएको फुटको असर प्रदेशसम्म परेको प्रसङ्गलाई यसले पनि थप बढावा दिएको छ । भट्ट नेकपाकै दाहाल–नेपाल समूहका मुख्यमन्त्री हुनु । केही दिन अमिात्र मुख्यमन्त्री भट्टले ओलीनिकट भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका थिए । बोहराको बर्खास्तीपछि सुदूरपश्चिम प्रदेशमा पनि ओली समूह र दाहाल–नेपाल समूहको नेकपाको तिक्तता बढेको छ।