Monday, September 28, 2026
Home अन्तर्राष्ट्रिय पूर्व व्यापारीलाई मृत्युदण्डको दिइने निर्णयको व्यापक आलोचना

पूर्व व्यापारीलाई मृत्युदण्डको दिइने निर्णयको व्यापक आलोचना

102

पुस २२,
चीन । चीनका कुनैबेलाका एक ठूला उद्योगपति लाई शिओमिनलाई सुनाइएको मृत्युदण्डको सजायमा थुप्रै मानवाधिकार कार्यकर्ताले चिन्ता व्यक्त गरेका छन् । उनीहरुका अनुसार शिओमिनको अपराधका लागि यो निकै भयानक सजाय हो । लाई शिओमिनलाई सन् २०१८ मा पक्राउ गरिएको थियो । उनले लगभग १० वर्षको अन्तरालमा २८० मिलियन अमेरिकी डलर ९३२ अर्ब रुपैयाँ० घुस लिएको आरोप छ ।
शिओमिनलाई सुनाइएको सजाय राष्ट्रपति शी जिनपिङको ‘भ्रष्टाचार विरोधी अभियान’ को हिस्सा भएको बताइँदै छ र यो अभियानमार्फत् कसैलाई सुनाइएको अहिलेसममको सबैभन्दा कठोर सजाय पनि हो ।

चिनियाँ अधिकारीका अनुसार लाई शिओमिनले ह्यूआरोंग एसेट म्यानेजमेन्ट कम्पनीको अध्यक्ष रहँदा अपराध गरे । उनले सन् १९९९ मा यो कम्पनीको स्थापना गरेका थिए । मंगलबार चिनियाँ शहर तियानजिनको एक अदालतले लाईलाई सजाय सुनाउँदै उनको अपराधले देशको हितलाई भारी क्षती पुर्याएको बतायो । तर मानवाधिकार संगठनका अनुसार लाईमाथि सुनाइएको सजायले अन्तर्राष्ट्रिय मानवाधिकार मानकको सम्मान गर्दैन । ह्यूमन राइट्स वाचमा एशियाका डिप्युटी डायरेक्टर फिल रोबर्टसनले बीबीसीसँगको कुराकानीमा भने, ‘घुस लिएको जस्तो आर्थिक अपराधका लागि लाईलाई मृत्युदण्डको सजाय दिइनु चीनद्वारा गरिएको एक अन्तर्राष्ट्रिय मानवाधिकार मानकको पूर्ण रुपमा अपहेलना हो । उनको मृत्युदण्डको सजायलाई कारावासमा परिवर्तन गरिनुपर्छ ।’