कोरोनाभाइरस संक्रमणः २४ घण्टामा ४ सय ६ को मृत्यु

241

चैत २,
काठमाडौं । विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८३५ पुगेको छ ।
१ सय ५१ देशका १ लाख ५६ हजार ५ सय ३३ जना संक्रमित भएका छन् । कोरोनाको सबैभन्दा बढी चपेटामा परेको चीनमा पछिल्लो २४ घण्टामा कसैमा पनि नयाँ संक्रमण देखिएको छैन ।
यद्यपी उपचारारत १० हजार ४ सय २५ मध्येका १० जनाको भने मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । योसँगै चीनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ सय ९९ पुगेको छ ।