नगरप्रमुख श्रेष्ठद्धारा नयाँ प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत

221

पुस ६,
भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत हाजिर भएका छन् । स्थानीय विकाश मन्त्रालयमा कार्यरत चुरामणी पन्थी आइतबारबाट कार्यालयमा हाजिर भएका हुन् । पन्थीलाई मदन सुन्दर श्रेष्ठले स्वागत गरेका छन् । विगतका प्रमुख प्रशासकिय अधिकृत उद्धव रिजालको मन्त्रालयमा सरुवा भएको छ । रिजाल र नगरप्रमुख श्रेष्ठबीच केही समय मनमुटाव समेत भएपछि नगरपालिकाको कार्यमा गतिरोध उत्पन्न भएको थियो । पन्थी २०७० साल जिल्ला निर्वाचन कार्यालय भक्तपुरको प्रमुख थिए । त्यसपछि उनी निर्वाचन आयोगमा सूरुवा भएका थिए । पन्थीको आगमनसंगै नगरपालिको दैनिक कार्य पूनः सुचारु हुने मध्यपुरथिमि नगरपालिकाले जानकारी दिएको छ ।