छायाँबस्तीमा मृत्यु भएका युवक को हुन् ?

137
सांकेतिक तस्विर

पुस ६,
भक्तपुर । सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिका वडा नं. ४का निमा योञ्जन कामको खोजिमा शहर पसे । ३५ वर्षका उनी आप्mनो जीवन धान्न र पारिवारीक दायित्व पुरा गर्न श्रम गर्न थाले ।
सडक बिस्तार र मर्मतको काम गर्ने ठेकेदारसंगको सम्पर्कमा पुगेपछि उनी पछिल्लो केही दिन यता भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छाँयाबस्तीमा पर्खाल लगाउने कार्य गर्दै आएका थिए ।
प्रहरीका अनुसार उनीलगायतको समुह काम गर्ने स्थान आसपासमा नै अस्थायी रुपमा बस्दै आएका थिए । तर, आइतबार दिउँसो करिब २ बजेपछि सधैजसो काममा सक्रिय निमालगायतको समुहमा ठुलो विपत्ती आइलाग्यो । महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार डोजरले भर्खरै खनेको ठाउँमा काम गर्ने क्रममा पहिरो गयो ।
पहिरोमा परेमा परेका घाइते भएका तीन जना मध्य एक जनाको ज्यान गयो । ती मृत्यु हुने व्यक्त थिए उनै निमा योञ्जन । महानगरिय प्रहरी वृत्त खरिपाटीबाट घटना लगत्तै गएको टोलीले उद्धार गरेर भक्तपुर अस्पताल पठायो ।

अस्पताल पु¥याएको केही समयमा नै निमालाई चिकित्सकले मृत घोषणा गरे । योसंगै एउटा युवाको जीवन संकियो, उसंग आश्रीत परिवारको भविष्य अन्धकार भयो । भक्तपुरको छायाँबस्ती पहिरोमा निमाको सपना पुरियो । उनका साथीहरुले एउटा सहकर्मी गूमाए । सोही समुहका दुई जना घाइते भए ।
प्रहरीका अनुसार छाँयाबस्तीस्थित माथिल्लो मगरचोक देखी बर्दानेश्वर महादेवसम्म जाने बाटो निर्माण गर्ने क्रममा अचानक माथिबाट पहिरो खस्न सडक निर्माण कार्यमा संग्लन मजदुरको पुरिएका हुन् ।
प्रहरी प्रभाग खरिपाटी भक्तपुरबाट प्रहरी टोली खटी गई घाईतेलाई उद्धार गरी उपचारको लागी भक्तपुर अस्पताल र अर्थोपेटिक अस्पताल काठमाडौ पठाईएको जानकारी दिएको छ ।
घटनामा परेर घाइते भएका सोही स्थानका ४४ वर्षका प्रेम लामा अर्थोपेटिक अस्पताल नारायणटार काठमाडौबाट डिस्चार्ज भएका छन् । रामेछाप जिल्ला सुनापाती गाँउपालिका घर भई सोही काम गर्ने ५० वर्षका भुपालसिंह घिसिङलाई भने अर्थोपेटिक अस्पताल नारायणटारबाट थप उपचारकालागि शिक्षण अस्पताल महाराजगंन्ज पठाइएको छ । यसबारेमा थप अनुसन्धान भईरहेको परिसरका डीएसपी दिपक गिरीले जानकारी दिएका छन् ।