संसद भङ्ग बिरुद्ध सर्वोच्च एक दर्जन रिट

71

पुस ६,
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भङ्ग गरेको कदम बिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्च अदालतमा हिजै रिट निवेदन लिएर पुगेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले भने ‘मेरो निवेदन एक नम्वरमा भएकाले दर्ता भइसक्यो । मैलें दर्ता गरेको रिटको आठ गते सुनुवाई हुने भयो । अरु पनि दर्ता भइरहेका छन् ।‘ रिट निवेदक अर्का अधिवक्ता लोकेन्द्र केसीका अनुसार अहिले रिटको ‘इन्ट्री’ भइरहेको छ । ‘अहिलेसम्म १२ वटा रिट जम्मा भएका छन् । तिनको इन्ट्री र दर्ता भइरहेको छ । मैले भर्खरै रिट शाखामा फोटोकपी बुझाएर सक्कल लिएँ’, ओलीले भने ।