Home मनोरन्जन फिल्म निर्माता वाग्ले २५ लाख धरौटीमा छुटे

फिल्म निर्माता वाग्ले २५ लाख धरौटीमा छुटे

0

साउन १८,
काठमाडौं । साढे २ करोड रुपैयाँ नक्कली नोटसहित पक्राउ परेका फिल्म निर्माता माधव वाग्ले धरौटीमा छुटेका छन् । उच्च अदालत, पाटनको आदेशमा वाग्लेलाई काठमाडौं जिल्ला अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो । शुक्रबार धरौटी रकम बुझाएपछि उनलाई छाडिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले बताए । यसअघि जेठ पहिलो साता निर्माता वाग्लेसहित ५ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको थियो । वाग्ले चलचित्र लुटका निर्माता हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here