दक्षिण एशियाको अर्थतन्त्र हालसम्मकै कमजोर अवस्था पुग्यो

80

असोज २२,
काठमाडौं । कोभिड–१९ का कारण गरिएको लकडाउनले आर्थिक गतिविधि प्रभावित दक्षिण एशियाको अर्थतन्त्र हालसम्मकै कमजोर भएको छ । विश्व बैंकको पछिल्लो दक्षिण एशिया स्तरीय आर्थिक प्रतिवेदनका अनुसार एशियाली देशहरुको अर्थ व्यवस्था कमजोर भएको हो ।
त्यसमा पर्यटन क्षेत्रमा भएको ठूलो क्षतिका कारण नेपालको आर्थिक वृद्धि सन् २०२१ मा ०।६ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।

आज सार्वजनिक गरिएको अर्धवार्षिक अपडेटका अनुसार महामारीको विनाशकारी असर जारी रहेका कारण दक्षिण एशिया यस वर्ष हालसम्मकै खराब मन्दीमा डुबेको छ । जसका कारण अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेका छन् भने लाखौं दक्षिण एशियालीहरु चरम गरीबीमा धकेलिँदै छन्।

पछिल्ला पाँचवर्षहरूमा लगातार वार्षिक ६ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एशियाको आर्थिक संकुचन दर सन् २०२० मा ७.७ प्रतिशतले संकुचित हुने आँकलन सहित यस प्रतिवेदनले दक्षिण एशियाभरी अपेक्षा गरिएको भन्दा निकै तीब्र आर्थिक गिरावट हुने प्रक्षेपण गरेको गरिएकोछ । सन् २०२१ मा क्षेत्रीय वृद्धि ४.५ रहने पनि प्रतिवेदनको अनुमान छ ।

जनसंख्या वृद्धिको अनुपात हेर्दा यस क्षेत्रको प्रति व्यक्ति आय सन् २०१९मा अनुमान गरिए भन्दा ६ प्रतिशतले कम रहनेछ । अबको समयमा हासिल गरिने आर्थिक वृद्धिले पनि विद्यमान महामारीको स्थायी आर्थिक क्षतिलाई परिपूर्ति नगर्ने यसले संकेत गरेको छ । विप्रेषणमा आएको गिरावटले पनि अति विपन्नहरूले तीब्र गतिमा आय श्रोत गुमाउने बताइएको छ।