हरेक घण्टा ९० करोड कमाइरहेका छन् अम्बानी

69

असोज १४,
काठमाडौं । मुकेश अम्बानीले पछिल्लो ६ महिनादेखि हरेक घण्टा ९० करोड भारु कमाइरहेका छ । त्यो पनि यस्तो समयमा जब कोरोनाका कारण आर्थिक गतिविधि ठप्प भइरहेको छ । यो जानकारी इन्डिया र आइआइएफएल वेल्थ म्यानेजमेन्ट लिमिटेडले आफ्नो रिपोर्टमा दिएको छ । आइआइएफएल वेल्थ हुरुन इन्डिया रिच लिस्ट–२०२० को नवौं संस्करण मंगलबार जारी गरिएको छ । ३१ अगस्ट २०२० सम्म १ हजार करोड भारु र त्योभन्दा बढि सम्पत्ति भएका भारतका सबैभन्दा धनी व्यक्तिलाई यो सूचीमा राख्ने गरिन्छ ।

यो सूचीमा रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी लगातार नवौं स्थानमा शीर्ष स्थानमा छन् । रिपोर्टका अनुसार मुकेश अम्बानीको कूल आय ६,५८,४०० करोड भारु छ । पछिल्लो १२ महिनामा उनको कूल सम्पत्तिमा ७३ प्रतिशतको वृद्धि भएको छ । सन् २०२० को एडिशनमा ८२८ भारतीय समावेश छन् । रिपोर्टका अनुसार ६३ वर्षका अम्बानीले लकडाउनका बेला अर्थात् मार्चदेखि अगस्टबीच हरेक घण्टा ९० करोड भारुको हिसाबले कमाई गरेका छन् । हालको समयमा अम्बानी एशियाको सबैभन्दा धनी व्यक्ति र संसारभरीका चौथो धनाढ्य बनेका छन् ।