धादिङमा ट्रक दुर्घटना ६ जनाको मृत्यु

190

माघ ७,
धादिङ । धादिङ जिल्लाको निलकण्ठ नगरपालिका-८ मा भएको ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् । धादिङको ज्वालामुखी गाउँपालिका-४, ढोलामण्डलीको दर्शन गरेर फर्किँदै गरेका यात्रु बोकेको ट्रक दुर्घटना भएको थियो । घाइते भएकामध्ये केहीको धादिङ जिल्ला अस्पतालमा उपचार भैरहेको छ भने, केहीलाई हेलिकप्टर मार्फत काठमाण्डौ ल्याउने तयारी भइरहेको जनाएको छ । ज्वालामुखी गाउँपालिका ४ बाट धादिङबेसी फर्किँदै गरेको ट्रक निलकण्ठ नगरपालिका-८, ससाह ज्यामिरेमा सडकमै पल्टिएको हो। ट्रकमा झण्डै ४० यात्रु रहेको अनुमान गरिएको छ। ट्रकका चालक गम्भीर घाइते भएका छन्। -ujyaaloonline