‘गुर्जो हाकिम’बाट सूर्यविनायकमा गुर्जो वितरण (गुर्जोको प्रयोग विधि र फाइदा भिडियो हेर्नुहोस्)

522

असोज ११,
भक्तपुर । रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत पुग्ने बहुउपयोगी जडिबुटी गुर्जो सूर्यविनायक नगरपालिकामा वितरण गरिएको छ । आइतबार गुर्जो हाकिम उपनाम पाएका गुर्जो अभियन्ता कमल बहादुर राजलवटले वडा नम्बर ५का वडा अध्यक्ष राजकुमार जोशीलाई प्रदान गरेका हुन् ।
उनले गुर्जो जडिबुटी मिश्रीत पाउडर, गुर्जोको विरुवा र डाठ वडा बासीलाई प्रदान गरेका हुन् । उक्त कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कमल ज्ञवाली,रामप्रसाद पन्थी तथा उक्त कार्यक्रमको संयोजन गर्ने सुमित्रा थापा, दिपक विसुंखेलगायतको उपस्थिती रहेको थियो ।