‘बौलाएँ म’ भन्दै आए उपेन्द्र ढकाल (भिडियो हेनुहोस्)

845

असोज ८,
भक्तपुर । गजलकार बिकास प्रहरको गजल “बौलाएँ म” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उपेन्द्र ढकालको मुख्य भूमिकामा यो म्यूजिक भिडीयो विहिबार युटुव मार्फत सार्वजनिक भएको हो । यो गजलमा संगीत र स्वर भने गायक राज सागरको रहेको छ । संगीत संयोजन किरण कणेलको रहेको छ । म्यूजिक भिडियोलाई रञ्जिता शिबाकोटीले निर्देशन गरेकी छन् । सह निर्देशन आकाश उखेडाले गरेका छन् भने नृत्य निर्देशन प्रख्यात घिमिरेको रहेको छ। स्क्रिप्ट लेखन सागर भट्टले गरेका छन् ।

निर्माण ब्यबस्थापन आषिश श्रेष्ठले गरेका छन् भने निर्माण सञ्जय भंडेल र अरुण खड्काले गरेका हुन्। म्यूजिक भिडियोलाई छायाङ्कन सुजय गौतमले गरेका छन् ।भिडियोको सम्पादन कमलेस राजचलको रहेको छ। मुख्य भूमिकामा ढकाल प्रकृति खतिवडाले रहेकी छिन् ।