आज मोदीले शपथ लिने, नेपालका प्रधानमन्त्री भारत जाने

10

बीबीसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत जाने भएका छन्।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको भारत भ्रमण स्वीकृत गरेसँगै उनी मोदीको शपथग्रहणमा सहभागी हुने निश्चित भएको हो। यसअघि उक्त समारोहमा सरिक हुन उनलाई निम्तो आएको अधिकारीहरूले बताएका थिए।

भारतमा सत्तारूढ एनडीए गठबन्धनको नेतृत्व गर्दै तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका मोदीले प्रधानमन्त्री प्रचण्डसँग बुधवार टेलिफोनमा कुराकानी गरेका थिए।