स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न देउवाको माग

171

भदौं ७,
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै ९७७० जिल्लामै कोरोना परीक्षण गर्न सरकारसँग माग गर्नुभएको छ । आइतबार एक विज्ञप्ति निकाली सभापति देउवाले माग गर्नुभएको छ, ‘पिसिआर परिक्षण ७७ जिल्लामै गर्ने गरी अविलम्ब क्षमता बिस्तार गरेर समुदाय स्तरमा परीक्षण व्यापक रुपले पु¥याउन माग गर्दछु ।’

कोरोनाका विरामीलाई उपचार गर्ने अस्पताल तथा आइसोलेसनहरू व्यवस्थित बनाउन माग गर्दै देउवाले भन्नुभएको छ, ‘कोभिड अस्पतालहरु निश्चित र ब्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड ब्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न माग गर्दछु । खरिद प्रक्रियालाई पारदर्शी बनाएर कार्य गर्न र मापदण्डयुक्त सामग्री मात्रै खरिद गर्न सरकारलाई आग्रह गर्दछु ।’ पूर्वप्रधानमन्त्री देउवाले कोरोना भाइरस नियन्त्रणमा ‘फ्रन्ट लाइन’मा खटिएका स्वास्थ्यकर्मी र स्थानीय नागरिकबीच असमझदारी उत्पन्न हुन नदिन सरकारलाई आग्रह गर्नुभएको छ ।