जो दिनभर संक्रमित बोक्छन्

214

संक्रमित बोक्ने चालकले तलब त नियमित पाइरहेका छन् तर सरकारले उपलब्ध गराउने भनिएको जोखिम भत्ता पाउन सकेका छैनन् ।
भदौं ६,
काठमाडौँ — पोखरा स्थायी घर भएका धर्म रिमालले शुक्रबार बिहान ७ बजे खाजा खाए । अनि पीपीई लगाएर तयारी अवस्थामा बसे । लगत्तै नेपाल एम्बुलेन्स सेवाको कल सेन्टर १०२ मा फोन आउनेबित्तिकै कोरोना संक्रमितको व्यवस्थापनमा खटिए । नेपाल एम्बुलेन्स सेवा १०२ का एम्बुलेन्स चालक धर्म रिमाल शुक्रबार कोरोना संक्रमितलाई अस्पताल पुर्‍याएर फर्किएपछि काठमाडौंको डिल्लीबजारस्थित कल सेन्टरमा । उपत्यकामा यो सेवाका पाँचवटा एम्बुलेन्स (काठमाडौंमा ३, ललितपुर १ र भक्तपुरमा १) लाई पछिल्ला दिनमा संक्रमित बोक्न भ्याइनभ्याइ छ । तस्बिर स् किरण पाण्डेरकान्तिपुर

शुक्रबार उनले पहिलो ट्रिपमा डिल्लीबजारबाट एक पुरुषलाई सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुर्‍याए । दोस्रो ट्रिप काठमाडौंको स्युचाटारबाट टेकु नै भयो । तेस्रो ट्रिपमा बसुन्धराको ग्रिनसिटी हस्पिटलमा उपचार गराइरहेका संक्रमितलाई टिचिङ अस्पताल पुर्‍याए । यी तीन बिरामीलाई अस्पताल पुर्‍याएर कोभिड संक्रमित व्यवस्थापन सेन्टर डिल्लीबजार पुग्दा साढे १ बजिसकेको थियो । पोखरामै रहेकी श्रीमतीसँग बिहान केही समय कुरा गरेर उनी संक्रमितको व्यवस्थापनमा निस्केका थिए । तीन जनालाई अस्पताल छाडेर एम्बुलेन्स निःसंक्रमित गरे । पीपीई खोले । कलसाइन अल्फा ८ भएका उनलाई खाना खाएलगत्तै बूढानीलकण्ठका संक्रमितलाई अस्पताल लैजानुपर्ने खबर वाकीटाकीमा आयो । स्वास्थ्यकर्मी र अर्का एक चालकलाई साथमा लिएर उनी त्यतातिर लागे । यसरी घरघर पुगेर संक्रमितलाई अस्पताल पुर्‍याउनु अहिले उनको दैनिकी हो । आजको कान्तिपुर दैनिकबाट