दोषबाट उम्किन खोज्दै जनप्रतिनिधि

99

नेपाल समाचार पत्र दैनिक- जेठ ३१,
काठमाडौं । स्थानीय तहले एक वर्षमा सोचे अनुरुप काम गर्न नसक्नुको दोष केन्द्र सरकारलाई दि“दै जनप्रतिनिधि उम्किन खोजिरहेका छन् । स्थानीय तहको निर्वाचनताका ठूलाठूला आश्वास दिएर जनताको अपेक्षा ह्वात्तै बढाएका जनप्रतिनिधिले त्यस दिशामा काम अघि नबढेको र बढ्ने संकेत पनि नदेखिएको स्थितिमा केन्द्र सरकारलाई दोष दि“दै उम्किन खोजेका हुन् ।
ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले एक वर्षमा सोचेअनुरुप काम गर्न नसकेको सार्वजनिक रुपमा स्वीकार गर्दै आउनुभएको छ ।

‘निर्वाचित भएको केही दिनमै मन्त्रालयले जनप्रतिनिधिले महानगरपालिकको २ रुपिया“ नै खर्च गर्न नसक्ने गरी आदेश पठाइयो’ –महानगरपालिकाले आयोजना गरेको पुरस्कार वितरण समारोहमा प्रमुख महर्जनले भन्नुभयो । प्रमुख महर्जनले अर्को समारोहमा कर्मचारीले खासै सहयोग नगरेको र सहयोग गर्न सक्ने योग्य कर्मचारी नभएको पनि दाबी गर्नुभयो ।
प्रमुख महर्जनमाथि एक वर्षमा बढी समय विदेश घुमफिर गरेको र कार्यसम्पादन न्यून रहेको सर्वसाधारणको गुनासो रहेको छ । यसलाई लक्षित गर्दै प्रमुख महर्जनले काम गर्न खोज्दा खोज्दै केन्द्र सरकारले अनेक आदेश र ऐन कानुन ल्याएर जनप्रतिनिधिको हातखुट्टा बा“धेको र कर्मचारीले अटेर गरेको दोहो¥याउ“दै आउनुभएको छ ।

‘स्थानीय सरकार भन्छन्, न कर्मचारी पठाइएको छ, न नियुक्ति गर्न दिइएको छ’, वाग्मती गाउ“पालिकाका प्रमुख वीरबहादुर लोप्चनले भन्नुभयो– ‘जतासुकै अन्योल मात्र छ । काम गर्ने वातावरण छैन ।’ स्वास्थ्य, कृषि र भेटेरिनरी सेवा स्थानीय सरकार मातहत रहने भनिए पनि कर्मचारी अभावले कुनै काम प्रभावकारी हुन नसकेको उहा“ले बताउनुभयो । खटाइएका कर्मचारी हाजिर नभएरै सरुवा हुने गरेका छन् ।