घरमा पीपल उम्रिदा शुभ कि अशुभ के हुन्छ ?

920

काठमाडौं । हाम्रो जीवनमा जनस्पतिहरुको धेरै महत्व छ । त्यसमा पनि पीपलको महत्व त धेरै रहेको छ । किनभने अन्य वनस्पतिको तुलनामा हामीलाई पीपलले अक्सिजन धेरै दिन्छ । साथै हिन्दू धमर्ममा पीपललाई भगवान विष्णुको अवतार मानेर पूजा गर्ने गरिन्छ । साथै पीपलले हामीलाई मात्र होइन सारा वातावरणलाई पनि सफा बनाउँछ । वास्तुशास्त्रका अनुसार यदि रुहहरु घरमा उम्रिएमा एकदमै शुभ र सुख समृद्धि आउने विश्वास गरिन्छ । साथै पीपलको रुख घरमा उम्रिनुलाई भने अशुभको प्रतिक मान्ने गरिन्छ । पीपलको छायाँले शीतलता प्रदान गरेपनि घरमा पीपल उम्रिँदा निर्जनता पैदा हुन्छ । नयाँ समस्याको समाधान गर्नका साथै विभिन्न समस्या झेल्नुपर्ने हुन्छ ।