क्वारेन्टिनमै आत्महत्या गरे एक युवाले

172

असोज १,
बुटवल । रुपन्देहीको देवदहमा क्वारेन्टाइनमा बसेका एक युवाले आत्महत्या गरेका छन् । देवदह नगरपालिका वडा नम्बर ४ सेमरानास्थित जनजाती भवनको क्वारेन्टिनमा बसेका सोही स्थानका २५ वर्षीय पिताम्बर पाण्डेले झुडिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार उनी भदौ १७ गते भारतबाट आइ सोही क्वारेन्टिनमा बस्दै आएका थिए ।

आत्महत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि पनि रुपन्देहीको देवदवमा नै क्वारेन्टिन सुरक्षागार्डका रुपमा बसेका एक स्थानीय युवाले आत्महत्या गरेका थिए ।