Sunday, September 27, 2026
Home समाचार प्रदेशको बजेटमा नेताको रजाँई, आफनो घर अगाडीको बाटो भत्काएर नयाँ पिच

प्रदेशको बजेटमा नेताको रजाँई, आफनो घर अगाडीको बाटो भत्काएर नयाँ पिच

175

असार १०,
मोरङ । नेपालीमा एउटा उखान छ ‘काम पाईनस बुहारी पोख्दै उठाउदै’ यो उखानलाई चरितार्थ गर्दै छ प्रदेश नं १ सरकार र पथरीशनिश्चरे नगरपालिका । पथरीशनिश्चरे नगरको १ नम्बर वडाका मुख्य बाटोहरु कालोपत्रे भएको ३ बर्ष कटेको छैन तर तिनै कालोपत्रे गरिएका बाटाहरु अहिले आएर भत्काउदै पुनः कालोपत्रेको कार्य थालेको छ ।

प्रदेश नं १ सरकारको पुर्वाधार विकास कार्यालय अन्र्तगतको बजेट दुरुपयोग भएको प्रष्ट हुन्छ । १ नंम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईका जनसम्पर्क सल्लाहकार रामकुमार बस्नेतको पहुचकै आधारमा नगरपालिका कार्यालय अगाडीको २ वर्ष अघि मात्र वनेका सडक पुनः कालोपत्रे गर्न थालिएको छ । हुदा छदाका कालोपत्रे सडकलाई भत्काएर पुनः कालोपत्र गर्न थालेपछि १ नं वडाकै वडावासी भने आक्रोशित वनेका छन् । वजारका ति सडक कालोपत्रे वन्दा वजार भित्रका सवै राजनितीक दलका स्थानिय नेता कार्यकर्ता भने ‘तै चुप मै चुप’ को अवस्थामा छन् ।

बस्नेतले आफ्नो गृहनगरमा बजेट ल्याएका हुन । पथरी शनिश्चरे नगरपालिका वडा नं। १, पथरी बजार स्थायी निवासी बस्नेतले सरकारको चालू आर्थिक वर्षको असारे बजेट ल्याएका हुन् । वजेटलाई सहि स्थानमा सदुपयोग गर्नु भन्दा पनि वस्नेतले आफ्नै घर अघिको वाटोलाई कालोपत्रे भत्काएर पुनः कालोपत्रे गर्न थालेपछि नगरवासी बजेटको दुरुपयोग भएको बताउँछन । अचम्म त के छ भने नगरभित्र १० लाख भन्दा वढीको विकास निर्माणका कार्यमा सुचना वोर्ड अनिवार्य भनिएपनि यो सडक कालोपत्रेको कुनै सुचना पाटी टासिएको छैन् ।

प्रदेश नम्वर १ को पुर्वाधार विकास कार्यालयका इन्जिनियर याम प्रधान भने असपाल्ट प्रबिधीको नयाँ कालोपत्रे हुन लागेको बताउँछन । प्रधानले आफुलाई सवै कुरा थाह नभएको वताए पनि वडा नम्वर १ को कार्यालयले सिफारिस गरेकै आधारमा सो सडक पुर्ननिर्माणका लागी वजेट विनियोजन गरिएको पुर्वाधार विकास कार्यालयका निर्देशक शुशिल श्रेष्ठ वताउछन् ।

श्रेष्काठ अनुसार इन्जिनियर याम प्रधान बाटोको अनुगमन गरेको र बनाउनै पर्ने भएका कारण योजना अधघ बढेको बताए । श्रेष्ठलाई नै योजनाका बरेमा थाहा नभएका कारण प्रधानलाई सोधी योजनाका बारेमा बताए । श्रेष्ठले सो सडक मर्मतका लागी पुर्वाधार विकास कार्यालयले २९ लाख र स्थानिय उपभोक्ताको ५ लाख ९१ हजार लगानी भएको बताएका छन ।

बस्नेतको जस्तै प्रदेश सभाषद सुयर्माराज राईको पहलमा पथरीशनिश्चरे नगरका ३ वटा वाटोमा समेत सो कार्यालयले लगानी गरेको छ । पथरीशनिश्चरे ८ को मिलनचौक सोमवारे सडक, मनोमोहन गान्धी सडक र सिंहवाहिनी मावी जोडने मार्गको ग्रावेल कार्य समेत थालिएको छ । पुर्वाधार विकास कार्यालयमा यादवचन्द्र दुलाल अध्यक्ष र दुर्गा प्रसाद भटराई सचिव रहेको उपभोक्ता समिती बनेको पुर्वाधार विकास कार्यालयका निर्देशक शुशिल श्रेष्ठ वताउछन् । दुलाल उद्योग वाणिज्य संघ पथरीका उपाध्यक्ष हुन भने भटराई काग्रेस नगर सचिव समेत रहेका छन ।

उनको पहलमा आएको बजेटबाट कुनै सार्वजनिक सूचना बिना नै आफ्नो घरअघि र घरपछिको छँदाखँदाको राम्रो बाटो बिगारेर बनाउन लागेका हुन् । लक डाउनको मौका छोपी ल्याइएको यो बजेटको प्रयोगका सन्दर्भमा एकबेलामा मात्र पसल र व्यवसाय गर्न पाएका स्थानीय व्यापारी–व्यवसायीहरू समेत सन्तुष्ट देखिँदैनन् । असारे वजेटका रुपमा थालिएको सडक भत्काउने र पुन कालोपत्रे गर्ने कार्यले वेतिथी वडेको छ । हुदा छदाको वाटो भत्काएर पुन वनाउने प्रदेशको यो योजनाले वर्षै देखी विकास हुने आस वोकेका पथरीशनिश्चरे कै ग्रामिण भेगका वाटोहरुलाई भने कुरी कुरी गरिरहेको छ । यो सामाग्री पूर्वेली न्यूजडटकमबाट लिएको हो ।