प्रदेशको बजेटमा नेताको रजाँई, आफनो घर अगाडीको बाटो भत्काएर नयाँ पिच

162

असार १०,
मोरङ । नेपालीमा एउटा उखान छ ‘काम पाईनस बुहारी पोख्दै उठाउदै’ यो उखानलाई चरितार्थ गर्दै छ प्रदेश नं १ सरकार र पथरीशनिश्चरे नगरपालिका । पथरीशनिश्चरे नगरको १ नम्बर वडाका मुख्य बाटोहरु कालोपत्रे भएको ३ बर्ष कटेको छैन तर तिनै कालोपत्रे गरिएका बाटाहरु अहिले आएर भत्काउदै पुनः कालोपत्रेको कार्य थालेको छ ।

प्रदेश नं १ सरकारको पुर्वाधार विकास कार्यालय अन्र्तगतको बजेट दुरुपयोग भएको प्रष्ट हुन्छ । १ नंम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईका जनसम्पर्क सल्लाहकार रामकुमार बस्नेतको पहुचकै आधारमा नगरपालिका कार्यालय अगाडीको २ वर्ष अघि मात्र वनेका सडक पुनः कालोपत्रे गर्न थालिएको छ । हुदा छदाका कालोपत्रे सडकलाई भत्काएर पुनः कालोपत्र गर्न थालेपछि १ नं वडाकै वडावासी भने आक्रोशित वनेका छन् । वजारका ति सडक कालोपत्रे वन्दा वजार भित्रका सवै राजनितीक दलका स्थानिय नेता कार्यकर्ता भने ‘तै चुप मै चुप’ को अवस्थामा छन् ।

बस्नेतले आफ्नो गृहनगरमा बजेट ल्याएका हुन । पथरी शनिश्चरे नगरपालिका वडा नं। १, पथरी बजार स्थायी निवासी बस्नेतले सरकारको चालू आर्थिक वर्षको असारे बजेट ल्याएका हुन् । वजेटलाई सहि स्थानमा सदुपयोग गर्नु भन्दा पनि वस्नेतले आफ्नै घर अघिको वाटोलाई कालोपत्रे भत्काएर पुनः कालोपत्रे गर्न थालेपछि नगरवासी बजेटको दुरुपयोग भएको बताउँछन । अचम्म त के छ भने नगरभित्र १० लाख भन्दा वढीको विकास निर्माणका कार्यमा सुचना वोर्ड अनिवार्य भनिएपनि यो सडक कालोपत्रेको कुनै सुचना पाटी टासिएको छैन् ।

प्रदेश नम्वर १ को पुर्वाधार विकास कार्यालयका इन्जिनियर याम प्रधान भने असपाल्ट प्रबिधीको नयाँ कालोपत्रे हुन लागेको बताउँछन । प्रधानले आफुलाई सवै कुरा थाह नभएको वताए पनि वडा नम्वर १ को कार्यालयले सिफारिस गरेकै आधारमा सो सडक पुर्ननिर्माणका लागी वजेट विनियोजन गरिएको पुर्वाधार विकास कार्यालयका निर्देशक शुशिल श्रेष्ठ वताउछन् ।

श्रेष्काठ अनुसार इन्जिनियर याम प्रधान बाटोको अनुगमन गरेको र बनाउनै पर्ने भएका कारण योजना अधघ बढेको बताए । श्रेष्ठलाई नै योजनाका बरेमा थाहा नभएका कारण प्रधानलाई सोधी योजनाका बारेमा बताए । श्रेष्ठले सो सडक मर्मतका लागी पुर्वाधार विकास कार्यालयले २९ लाख र स्थानिय उपभोक्ताको ५ लाख ९१ हजार लगानी भएको बताएका छन ।

बस्नेतको जस्तै प्रदेश सभाषद सुयर्माराज राईको पहलमा पथरीशनिश्चरे नगरका ३ वटा वाटोमा समेत सो कार्यालयले लगानी गरेको छ । पथरीशनिश्चरे ८ को मिलनचौक सोमवारे सडक, मनोमोहन गान्धी सडक र सिंहवाहिनी मावी जोडने मार्गको ग्रावेल कार्य समेत थालिएको छ । पुर्वाधार विकास कार्यालयमा यादवचन्द्र दुलाल अध्यक्ष र दुर्गा प्रसाद भटराई सचिव रहेको उपभोक्ता समिती बनेको पुर्वाधार विकास कार्यालयका निर्देशक शुशिल श्रेष्ठ वताउछन् । दुलाल उद्योग वाणिज्य संघ पथरीका उपाध्यक्ष हुन भने भटराई काग्रेस नगर सचिव समेत रहेका छन ।

उनको पहलमा आएको बजेटबाट कुनै सार्वजनिक सूचना बिना नै आफ्नो घरअघि र घरपछिको छँदाखँदाको राम्रो बाटो बिगारेर बनाउन लागेका हुन् । लक डाउनको मौका छोपी ल्याइएको यो बजेटको प्रयोगका सन्दर्भमा एकबेलामा मात्र पसल र व्यवसाय गर्न पाएका स्थानीय व्यापारी–व्यवसायीहरू समेत सन्तुष्ट देखिँदैनन् । असारे वजेटका रुपमा थालिएको सडक भत्काउने र पुन कालोपत्रे गर्ने कार्यले वेतिथी वडेको छ । हुदा छदाको वाटो भत्काएर पुन वनाउने प्रदेशको यो योजनाले वर्षै देखी विकास हुने आस वोकेका पथरीशनिश्चरे कै ग्रामिण भेगका वाटोहरुलाई भने कुरी कुरी गरिरहेको छ । यो सामाग्री पूर्वेली न्यूजडटकमबाट लिएको हो ।