तीन दिनको मौसम यस्तो छ हेर्नुहोस्

184

असार १०,
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ |
हालको मौसमको अवस्था (Present Weather Status): हाल देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश २ का बारा, पर्सा, रौतहट र प्रदेश ५ का बाँके, बर्दिया, दाङ्ग मा मौसम सफा छ। सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा र प्रदेश १ का तराई भूभागमा बर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार १० गते (बुधबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुका अधिकांश स्थानहरुमा पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, कर्णाली र गण्डकी प्रदेश का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

असार ११ गते (बिहीबार)

दिउँसोः देशभर सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

रातीः देशको सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ।

असार १२ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ। तसर्थ ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।