‘त्रासले गाउँ पठायो, आसले सहर फर्कायो’

114
सांकेतिक तस्विर

गाउँगाउँमा सिंहदरबार भने पनि लगानी र अवसर संघीय राजधानीमा केन्द्रीकृत छ, देशको १० प्रतिशत जनसंख्या रहेको राजधानीमा उद्यम व्यवसाय १९ प्रतिशत, रोजगारी २८ प्रतिशत, बैंकको लगानी ५१ प्रतिशत र निक्षेप ६८ प्रतिशत केन्द्रीकृत छ । यस्तो असन्तुलित संरचनाले संकटका वेला गाउँका मान्छेलाई सहर फर्कन बाध्य बनाएको छ ।

असार १०,
काठमाडौं । लकडाउन सुरु भएपछि कष्टकर यात्रा गरेर गाउँगाउँ गएका सर्वसाधारण फेरि लड्दै–भिड्दै काठमाडौं फर्कन थालेका छन् । लकडाउनको सुरुवाती समयमा ६ लाख जनसंख्या काठमाडौंबाहिर गएको सरकारी तथ्यांक छ । तर, पछिल्लो एक सातामा ४५ हजार सर्वसाधारण काठमाडौं फर्किएका छन् । लकडाउन खुकुलो हुँदै जाँदा फर्कने क्रम बढ्दै छ । खासमा सम्पूर्ण अवसर काठमाडौंमा केन्द्रिकृत भएकोले संकटको वेला पनि मान्छेहरू काठमाडौं आउन बाध्य छन् ।

आजको नयाँ पत्रिका दैनिक लेख्छ, मुलुकभर हुने आर्थिक क्रियाकलापमध्ये ४१ दशमलव ६ प्रतिशत काठमाडौं उपत्यकामा मात्रै हुने गरेको छ । केन्द्रीय तथ्यांक विभागले गरेको राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार देशभरका ७७ जिल्लामध्ये ४० प्रतिशतभन्दा धेरै आर्थिक क्रियाकलाप उपत्यकाका तीन जिल्लामा मात्रै हुने गर्छ ।

देशभर ०७४ सालमा कुल २९ खर्ब १५ अर्ब ६० करोड रुपैयाँ आर्थिक क्रियाकलाप भएकोमा आठ खर्ब ३२ अर्ब रुपैयाँ काठमाडौं जिल्लाभित्र मात्र भएको छ । यो कुल आम्दानीको २८ दशमलव ५ प्रतिशत हो । दोस्रोमा ललितपुर जिल्ला पर्छ ।

यसले वार्षिक दुई खर्ब ८८ अर्ब रुपैयाँ ९९।९ प्रतिशत० आम्दानी गरेको छ । त्यस्तै, भक्तपुरमा ९२ अर्ब ८३ करोड रुपैयाँ आम्दानी भएको थियो, जुन ३ दशमलव २ प्रतिशत हो । यी तीन जिल्लाले मिलाएर कुल १२ खर्ब १३ अर्ब तीन करोड रुपैयाँ आम्दानी गरेका थिए, जुन देशभरको आम्दानीमध्ये करिब ४२ प्रतिशत हो ।

केन्द्रीय तथ्यांक विभागले पहिलोपटक गरेको राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार देशभरमा नौ लाख नौ सय २४ वटा आर्थिक एकाइ ९प्रतिष्ठान रहेका छन् । ती प्रतिष्ठानमा ३१ लाख १५ हजार एक सय १२ मानिस रोजगार छन् । तीमध्ये काठमाडौं उपत्यकामा मात्र एक लाख ६७ हजार दुई सय ७२ वटा उद्योग÷व्यवसाय छन् । यो कुल संख्याको १८ दशमलव ५६ प्रतिशत हो ।

त्यस्तै, देशभर ३१ लाख १५ हजार एक सय १२ जना मानिस प्रतिष्ठानमा संलग्न रहेकोमा काठमाडौं उपत्यकामा मात्र आठ लाख ६५ हजार ६ सय तीनजना छन् । यो कुल रोजगारीको २७ दशमलव ७९ प्रतिशत हो । देशभरका प्रतिष्ठानले वार्षिक कुल २९ खर्ब १५ अर्ब ६० करोड ९० लाख आम्दानी तथा बिक्री (कुल कारोबार) गर्ने गरेका छन् । त्यसमा २० खर्ब ६२ करोड ६० लाख लगानी (खर्च) गर्छन् । बाँकी रहेको आठ खर्ब ५३ अर्ब २१ करोड ३० लाख देशभर सञ्चालन भएका प्रतिष्ठान (आर्थिक एकाइ) हरूको आर्थिक क्रियाकलापबाट वार्षिक नाफा हो । यो आम्दानीको २९ दशमलव ३१ प्रतिशत छ ।

नाफामा काठमाडौं अब्बल

देशको कुल वार्षिक नाफा आठ खर्ब ५३ अर्ब रहेकोमा काठमाडौं जिल्लाको वार्षिक नाफा मात्र दुई खर्ब २२ अर्ब रुपैयाँ छ । यो कुल नाफाको २६ प्रतिशत हो । त्यस्तै, ललितपुर जिल्लाको ७१ अर्ब रुपैयाँ ९८.३ प्रतिशत, रूपन्देही ३९ अर्ब ९४.५ प्रतिशत०, मोरङ ३२ अर्ब ६० करोड ९३.८३ प्रतिशत, झापा ३२ अर्ब ५० करोड ९३.८१ प्रतिशत० र कास्की ३० अर्ब ८० करोड ९३।६१ प्रतिशत रहेको छ ।

त्यस्तै, सबैभन्दा थोरै नाफा गर्नेमा भोजपुर (एक लाख ८२ हजार) रहेको छ । त्यस्तै, तेह्रथुमको नाफा दुई लाख तीन हजार, जाजरकोट दुई लाख ३३ हजार, धनकुटा दुई लाख ४३ हजार, रसुवा दुई लाख ४४ हजार रुपैयाँ वार्षिक नाफा गर्ने देखाएको छ ।