प्रहरी उपरीक्षक सबिन प्रधानको बिदाई

301

असार ३,
भक्तपुर । भक्तपुर नगरपालिकाले प्रहरी उपरीक्षक सबिन प्रधानको बिदाइ कार्यक्रम गरेको छ । प्रहरी उपरीक्षक प्रधान २०७६ साल जेठ १७ गते महानगरीय प्रहरी परिसर भक्तपुरको जिम्मेवारी लिएर आएका थिए । हाल उनको सरुवा प्रहरी तालिम केन्द्र महाराजगन्जमा भएको छ । सोमबारबाट भक्तपुर नयाँ प्रहरी प्रमुखको रुपमा तारादेबि थापा आउनेछिन् । बिदाई कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधि तथा कर्मचारीहरुले जुनसुकै क्षेत्रमा इमानदारीपूर्वक काम गर्नुपर्ने बताउदै राम्रो काम सँधै स्मरणीय हुने र नराम्रो कामले बद्नाम गर्नेतर्फ सजग पारेका थिए । प्रहरी उपरीक्षक सबिन प्रधानले भक्तपुर बस्दाको अनुभव आदानप्रदान गर्नुहुँदै भक्तपुरलाई आफ्नो कार्य क्षेत्र बनाई काम गर्दा निकै सकारात्मक सहयोग पाएको अनुभूति भएको बताए ।