रौतहटमा १ हजारभन्दा धेरै कोरोना संक्रमित

101

असार ३,
रौतहट । रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार नाघेको छ । जिल्लामा बुधबार मात्रै १ सय २५ जनामा कोरोना पोजेटिभ पुष्टि भएसँगै रौतहटमा संक्रमितको संख्या एक हजार नाघेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बुधबार परोहामा २० जना, बौधीमाइमा ११ जना, देवाही गोनाहीमा ८ जना, मौलापुर ३ जनासहित अन्य विभिन्न स्थानीय तहमा गरी एक सय २५ जना कोरोना पुष्टि भएको बताए । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १ हजार ४६ पुगेको साहले बताए । सबै भन्दा बढी रौतहटको राजपुर नगरपालिकामा २ सय ६२ संक्रमित रहेका छन् ।
यसैगरी जिल्लाभरीमा कोरोना भाइरस संक्रमण निको भएर २ सय ४७ जना घर फर्किएका छन् । -रातोपाटीबाट