सूर्यविनायक बासीको मन मनमा किरण थापा

654

भक्तपुर । राजनीतिलाई पेशा होइन सेवा सम्झेर लामो समयदेखि भक्तपुरमा सक्रिय नाम हो किरण थापामगर । वि.स २०३३ साल भदौ १४ गते भक्तपुरमा जन्मिएका थापामगर युवा अवस्थादेखि नै सामाजिक कार्यमा सक्रिय थिए । उनको राजनीतिक जिवन यात्रा दुई दशक भन्दा लामो समय भईसकेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको पदाधिकारी भएर दुई कार्यकाल बसेका उनी सूर्यविनायक नगरपालिका वडा न. ८ का स्थायी बासिन्दा हुन् । वि.स २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाअध्यक्ष निर्वाचित भएका किरण थापा मगरले प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् ।

स्थानिय स्तरका समस्या समाधान र विकाश निर्माणमा उनको ५ वर्षे कार्यकाल सुखःद रह्यो । नेकपा एमाले जिल्ला कमिटी भक्तपुरको सदस्य पदको जिम्मेवारीमा रहेका उनी दिनरात सूर्यविनायक क्षेत्रको सामाजिक र भौतिक विकाशकोलागि तल्लिन छन् । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण समितिमा रहेर उक्त धार्मीक क्षेत्रको भौतिक अन्य कुराको सुधारमा समेत थापामगरको ठुलो योगदान रहेको छ ।

अर्को तर्फ उनको गाउँ सिपाडोल क्षेत्र वडा न. ८ को विकाश मात्रै नभएर सिंगो सूर्यविनायक नगरपालिकाको विकाश निर्माणमा नगरप्रमुख बासुदेव थापा, प्रदेश सांसद शसिजंग थापा र संघीय सांसद महेश बस्नेतको सारथी भएर उनी सधै खटिरहेका हुन्छन् । पार्टीले विश्वास गरेर प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेदवार बनाएमा आफुले सूर्यविनायक नगर क्षेत्रको सडक, शिक्षा, स्वास्थ्य, बस्तीलगायत विकाशका कार्यमा लाग्ने उनको भनाई छ । पार्टीले टिकट दिए, जनता मत दिएर विजयी बनाउनु भयो भने नीति निर्माण गर्ने ठाउँमा पुगेर समग्र बागमती प्रदेशलाई सम्वृद्ध, विकशीत प्रदेश बनाउन महत्वपूर्ण भूमिका खेल्ने छु, उनले भने ।

मुख्य एजेण्डा यस्ता छन्:
क) सूर्यविनायक क्षेत्रमा रहेका सम्पूर्ण सडकको स्तरउन्नती गर्ने
ख) शैक्षिक गुणस्तर वृद्धि गर्ने कार्यक्रम ल्याउने, विद्यालयको सुधार गर्ने
ग) सूर्यविनायक क्षेत्रलाईं धार्मीक पर्यटनको मुख्य गन्तव्य बनाउने ।
घ) सूर्यविनायक अस्पतालले दिने सेवाको विस्तार गर्ने ।
ङ) खानेपानी, ढल व्यवस्थापनका साथै वन क्षेत्र, वातावरण संरक्षण र अरनिको राजमार्गलाई व्यवस्थि गर्ने ।
च) सिप मुलक कार्यक्रम संचालन गर्ने, रोजगारीको अवसर सिर्जन गर्ने ।

२०७९ मंसिर ४ गते संघीय र प्रदेश सभाको निर्वाचन सम्पन्न हुदैंछ ।