छाङरुमा सशस्त्रको भवन निर्माण प्रक्रिया शुरु

212

जेठ ९,
काठमाडौँ। दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाका रूपमा रहेको सामरिक महत्वको छाङरु (गागा)मा स्थापना गरिएको सशस्त्र प्रहरीको सीमा निगरानी चौकी ९बिओपी० का लागि भवन निर्माण प्रक्रिया थालिएको छ । सशस्त्र प्रहरी बल नेपालले त्यहाँ भवन निर्माणका लागि बिहीबार बोलपत्र आह्वान गरेसँग भवन निर्माणको प्रक्रिया शुरु भएको हो । सरकारले भावन निर्माणका लागि रु ११ बरोड बजेट छुट्याइसकेको छ । उक्त स्थानमा १६० सशस्त्र प्रहरी रहने गरी सशस्त्रको गुल्म नै स्थापना गर्ने गृह मन्त्रालयको योजना छ । गुल्म स्थापना भएमा कालापानी, लिपुलेक, व्यासगुफा, कैलाश मानसरोवरको प्रवेशद्वार तथा अपिनाम्पा संरक्षण क्षेत्रजस्ता सामरिक महत्व बोकेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको सुरक्षा हुनेछ ।

त्यहाँ गुल्म रहेपछि त्यस मातहत कालापानी नजिकैको कौवा र चीनसँगको सीमा तिङ्करमा थप दुई सीमा निगरानी चौकी ९बिओपी० स्थापना गरेर सुरक्षा निगरानी बढाइने छ । त्यसका लागि आवश्यक जग्गा लिने प्रक्रियासमेत शुरु भएको मन्त्रालयले जनाएको छ । गत वैशाख ३१ गते नेपाली सेनाको हेलिकोप्टरमार्फत यहाँ २५ सशस्त्र प्रहरी पु¥याएर बिओपी स्थापना गरिएको थियो । उनीहरुका लागि छ महिना पुग्ने राशनसमेत हेलिकोप्टरबाटै लगिएको छ । हाल मासिक रु २५ हजार भाडा तिर्ने गरी स्थानीय जीतबहादुर बोहराको घरमा बिओपी स्थापना भएको छ । -रासस