१३ बर्षीय नातिलाई एचआईभी

172

चैत १४,
मत अ डाँडामाथिको जुन भईसकेँ, कुन बेला मर्छु होला, पत्तो छैन ।, नातिको शिक्षा दिक्षा र स्वास्थ्यको जिम्मा लिने भगवान खोज्दै छु । धनगढी । गोदावारी नगरपालिका १२ ओलनीकी ७५ बर्षीय जौमती विक एचआईभी संक्रमित नाथिको उपचारका लागि एचाआरट लिन प्रत्येक महिना धनगढीस्थित सेती अञ्चल अस्पताल धाउँछिन् । केहि बर्षअघि एचआईीकै कारण छोराबुहारीको मृत्यु भएपछि जौमतीको काँधमा १३ बर्षीया नातिलाई हुर्काउने मात्र होईन, उनको औषधि उपचारको जिम्मेवारी पनि थपिएको छ । उनका दुई नाबालक नाति छन् । एउटा डेढ बर्षको र अर्को ५ बर्षको छाँदा छोराबुहारीको मृत्यु भयो, उनले भनिन्, टुहुरा नाातिलाई हुर्काउन बुढेसकालमा दुःख खेपिरहेको छु, । उनको कान्छो नाति कोमल गर्भमै एचआईभी पोजिटिभ भएर जन्मिए । जेठो नाति भन संक्रमण बाट जोगिए । अहिले जेठो साथमा छैन । १४, १५ बर्षको उमेरमा उसले घर छोड्यो, कहाँ गयो अत्तोपत्तो छैन, बृद्धा जौमतीले सूस्केरा हालिन्, कान्छो नाति मेरै सहारामा बाँचरिहेको छ ।