ओलीलाई तालीः मोदीलाई गाली

89

जेठ ९,
काठमाडौँ । नेपाल सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि सामाजिक संजालमा तरंग पैदा भएको छ । फेसुबुक, टिट्वर, टिकटिकलगायतमा सामाजिक संजालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानसाथ शब्द लेखिरहेका छन् । तिनै संजालमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको तीव्र विरोध गरिरहेका देखिन्छन् । सरकारले बुधबार दिउँसो नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् ।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ । नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक कामकारबाहीसमेत अगाडि बढाइएको मन्त्रालयले बताएको छ ।

मंगलबार संघीय संसद्का दुवै सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेका भूमि फिर्ता ल्याएरै छाड्ने बताएका थिए । सोमबारको मन्त्रिपरिषद् बैठकले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो । नेपालले सार्वजनिक गरेको नयाँ नक्साको भारत सरकारले द्धारा विरोध गरेको हो । करिब ५२ वर्ष अगाडीबाट यो विवाद समाधान हुन सकिरहेको छैन् ।