भक्तपुरको सुडालमा रक्तदान कार्यक्रम सम्पन्न

290

भदौं २०,
भक्तपुर । कोरोना भाइरसका कारणले देशभर पछिल्लो समय रगत संकलन कार्यमा कमि आएको छ ।
त्यसैलाई मध्यनजर गर्दै चाँगुनारायण नगरपालिका-८, मा रहेको मिर्मिरे सामुदायिक अध्ययन केन्द्र रक्तदान कार्यक्रम आयोजना गरको हो । शुक्रबार वडा कार्यालयमा आयोजित रक्तदानमा राष्ट्र निर्माण मन्च नेपाल, नेपाल रेडक्रस सुडाल उपशाखा र गुराँस साकोस सहकार्य गरेका छन् । रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका आयोजक सुवाश तिम्लिसिनाले बताए ।
कर्यक्रम भौतिक दुरी सहित सव्य रुपमा सम्पन्न भएको थियो ।