प्रचण्ड र नेता नेपालबीच भेटवार्ता

86

बैशाख १९,
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।शुक्रवार साँझ नेता नेपालसँगको भेटवार्ताका लागि प्रचण्ड कोटेश्वर पुगेका थिए ।

दुई नेतबीच पार्टीमा देखिएको पछिल्लो विवादका बारेमा कुराकानी भएको जनाइएको छ ।
पछिल्लो समय अध्यक्ष प्रचण्ड र नेता नेपाल नेपाल लगायतको समूहले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओली विरुद्ध मोर्चाबन्दी गरेका छन् ।प्रधानमन्त्री ओलीले सरकार छाड्नुपर्ने भनाइ उनीहरुको रहेको छ । प्रधानमन्त्री ओलीले समेत कोरोना हटेपछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई तेस्रो वरियताको अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए । शनिवार नेकपाको सचिवालय बैठक बस्दैछ । उक्त बैठक अघि प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भएको हो ।