Friday, October 23, 2026
Home समाचार अपि हिमालको काखमा होमस्टे

अपि हिमालको काखमा होमस्टे

70

दार्चुला । सदुर पश्चिम प्रदेशको दार्चुला जिल्ला अपिहिमाल गाउँपालिका वडा नं। ४, नौपाटामा अपिहिमाल वेस क्याम्प जाने पर्यटकहरुलाई लक्ष्यित गर्दै २०७९ सालबाट नौपाटा सामुदायिक होमस्टे संचालन आईरहेको छ । नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग, अपिहिमाल गाउँपालिकाको समन्वय एवं आरती फाउन्डेसन नेपालको आयोजनामा होमस्टेको क्षमता विकास एवं नयाँ गन्तव्यमा समेत होमस्टे स्थापना गर्ने उद्देश्यका साथ एक कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रपति महिला सशक्तीकरण परियोजना अन्तर्गत ५ दिने होमस्टे व्यवस्थापन तथा रैथाने पाक शिक्षा तालीम कार्यक्रम भएको होमस्ट महासंघ नेपालका कोषाध्यक्ष एवंम प्रशिक्षक सुरज बास्तोलाले जानकारी दिनु भएको छ । कार्यक्रममा अपिहिमाल गाउँपालिकाको वडा नं. १, २, ३ र ४ बाट २७ जना महिला दिदिबहिनीहरुको उपस्थिति रहेको थियो । तालिम कार्यक्रममा सहभागीहरुलाई पर्यटन र आतिथ्यताको क्षेत्रमा दक्षता अभिवृद्धि गर्नका लागि विभिन्न महत्त्वपूर्ण विषयहरूको प्रशिक्षण प्रदान गरिएको थियो । प्रशिक्षण कार्यक्रममा नेपालमा होमस्टे विकास र वर्तमान अवस्था, होमस्टे सञ्चालनका विधि तथा मापदण्ड, ग्राहक सेवामा सुधार, होमस्टेको व्यबसायिक योजना निर्माण प्रशिक्षण दिएको थियो ।

संचालकको काम, कर्तव्य, अधिकार, स्थानिय समुदायलाई पर्यटनको फाइदा र्पुयाउने उपायहरूको बारेमा गहिरो छलफल गर्नुका साथै स्थानीय उत्पादनबाट रैथाने बालिमा आधारित पाक शिक्षा खाना पकाउने कलामा उच्चस्तरीय आतिथ्य सेवा प्रदान गर्ने उद्देश्यले तालीम संचालन गरीएका महासंघ नेपालका कोषाध्यक्ष एवं बास्तोलाले बताउनु भयो ।

उक्त कार्यक्रममा सेफ एवं रैथाने पाक शिक्षा प्रशिक्षक मनिषा श्रेष्ठले नौपाटा क्षेत्रमा उपलब्ध स्थानीय उत्पादनको प्रयोगबाट करिब ५० थरी परिकारहरु तयार गरि पर्यटकीय स्वादमा पकाउने तथा पस्कनेबारे ज्ञान र सीप प्रदान गर्नुभएको थियो ।
काठमाण्डौंबाट धनगढीसम्म करिब १ घण्टाको हवाई यात्रा र धनगढीबाट करिब १२ घण्टाको जिप यात्रामा सडक मार्गको अन्तिम गन्तव्य दार्चुला जिल्ला, अपिहिमाल गाउँपालिका वडा न. ५ स्थित मकरिगाड सम्म पुग्न सकिन्छ । मकरिगाड बाट करिब ४ घण्टाको पैदल यात्रा बाट नौपाटा होमस्टे पुग्न सकिन्छ । नौपाटा होमस्टेबाट अपि हिमाल बेस क्याम्प पुग्न चाहिँ २ दिनको पैदल यात्रा तय गर्नु पर्छ ।