ट्रेड युनियन कांग्रेसमा पुष्कर आचार्यको प्यानलै विजयी

153

असार २,
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसमा पुष्कर आचार्यको प्यानल विजयी भएको छ । छैटौं महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि आचार्य र खिलानाथ दाहाल प्यानलसहित निर्वाचनमा होमिएका थिए । आचार्यको प्यानललाई रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको समर्थन थियो । निवर्तमान अध्यक्ष दाहाल समूहलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन थियो । कर्मचारी, शिक्षक, इञ्जिनियरिङ निकट संगठनमा पनि देउवा पक्ष पराजित भएको थियो ।