मुम्बई प्रहरीलाई अक्षय कुमारले दिए २ करोड

287

बैशाख १६,
एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले मुम्बई प्रहरीलाई २ करोड भारतीय रुपियाँ सहयोग गरेका छन् । उनले यसअघि पनि प्रधानमन्त्री राहत कोषका लागि २५ करोड भारतीय रुपियाँ सहयोग गरेका थिए । साथै, महाराष्ट्रको मुख्यमन्त्री राहत कोषमा पनि सहयोग गरेका थिए । अक्षयलाई धन्यबाद दिँदै मुम्बई प्रहरी फाउन्डेशनले ट्विटरमा लेखेको छ, ‘मुम्बई प्रहरी फाउन्डेशनको लागि २ करोड सहयोग गरेकोमा मुम्बई प्रहरी अभिनेता अक्षय कुमारलाई धन्यवाद व्यक्त गर्दछ । तपाईंको सहयोगले शहरको सुरक्षाका लागि खटिएका महिला तथा पुरुष सुरक्षाकर्मीको जीवन रक्षाका लागि निकै मद्दत पुग्नेछ ।’