पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई हृदयघात, मध्यरातमा अस्पताल लगियो

1051

चैत्र ६,
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको मुटुमा समस्या देखिएपछि बुधबार साँझ बासबारीस्थित गंगालाल अस्पतालमा भर्ना भएका छन् । पूर्व प्रम भट्टराईलाई हृदयघात भएको अनुमान गरिएको छ । यद्यपि अस्पतालले केही बताएको छैन ।

राति ११ः३५ बजे अस्पतालको इमरजेन्सीले दिएको जानकारी अनुसार बुधबार साँझ उनी मुटुमा समस्या आएको भन्दै अस्पताल पुगेका थिए । चेकजाँचको क्रममा चिकित्सकले मुटुमा समस्या रहेको फेला पारेपछि थप उपचारको लागि भर्ना गरिएको हो । उनको तत्कालै सबै प्रकारको परिक्षण गरिएको थियो ।

समाजवादी पार्टी स्रोतका अनुसार डा. भट्टराईको अवस्था अहिले सामान्य भइसकेको छ । यद्यपि उनको मुटुको चाल चिकित्सकको निगरानीमा राखेर अध्ययन गरिदै छ ।