नातीसँग सुत्न नपाएपछि……बुहारीको हत्या

238

माघ ९,
बुटवल । गएराती दाङ्गमा एक वृद्धले बुहारीको हत्या गरेका छन् । नातीलाई सँगै सुत्न नपठाएको झोकमा निर्मम ढङ्गले बुहारीको चक्कु प्रहार गरि हत्या गरेका हुन् । जिल्लाको गढवा गाउँपालिका– ४, रामनगरका ६५ वर्षीय कुलमान योगी कुँवरले आफ्नै २७ बर्षीया बुहारी बसन्ता योगी कुँवरको पेट, ढाड र छातीमा निर्मम ढङ्गले चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएकी बसन्तालाई तत्कालै उपचारका लागि कोहलपुर अस्पताल लगिएपनि डाक्टरले गएराती ११ बजे नै मृत घोषणा गरेका हुन् । बुहारीको हत्या अभियोगमा कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । बुहारी हत्या अभियोगमा पक्राउ परेका योगीमाथि कर्तव्य ज्यान मुद्दा अदालतमा दायर गरिएको दाङ्गका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए । रातोपाटी