बलात्कारका आरोपी सिद्धबाबा जोगवनी नाकाबाट ‘फरार’

120

माघ ९,
काठमाडौ । अदालतमा जबरजस्ती करणी मुद्दाको सुनुवाइ भइरहेका बेला बलात्कार आरोपी सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरी सीमापार भएका छन् । गिरी बिहीबार सीमापार गर्दै भारत तर्फ ‘फरार’ भएका हुन् । उनी विराटनगरको जोगवनी नाका हुँदै भारततर्फ गएको जिल्ला प्रहरी कार्यालय मोरङले पुष्टि गरेको छ । प्रहरीले सरकारले गिरीलाई दिएका सुरक्षाकर्मी भने सीमाबाटै फिर्ताभएको जनाएको छ ।

‘कृष्णदासजी बिहीबार भारततर्फगएकोभन्ने सुचना आएको छ। उहाँ किन जानु भएको हो भन्ने खुलेको छैन’, जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले बताए । उनको सुरक्षामा नेपाल प्रहरीका हवल्दार मुकेश साहलाई खटाइएको थियो । केही समर्थक र अनुयायीका साथमा सिद्धबाबा सुनसरीको चतरास्थित आश्रमबाट बिहान उच्च अदालत जाने भनेर हिँडेका थिए । तर,अदालत नगइ सिधै जोगवनीतर्फ गएका थिए । बिहीबार उनी विरुद्धको मुद्दाको सुनुवाइ अदालतमा जारी थियो ।

मुद्दाको सुनुवाइ जारी रहेका बेला गिरी भारत जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एक महिला अनुयायीले सुनसरीको चतराधामस्थित आश्रममा गत कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरीेपछि सिद्धबाबालाई सुनसरी प्रहरीले मंसिर १६ गते पक्राउ गरेरे जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो । जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले मागेको धरौटी वापतको तीन लाख रुपैयाँ बुझाएर पुस १४ गते उनी छुटेपछि मुद्दा उच्चमा पुगेको थियो । -Ratopati