वैदेशीक रोजगारीको क्रममा ठगीः १ अर्ब ५२ करोडको उजुरी

89

मंसिर ७,
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न कारवाही अभियान चलाउने भएको छ । मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा ठगीमा परी उजुरी दिएका पीडितको रकम पछ्र्यौट गर्न वैदेशिक रोजगार विभागलाई निर्देशनसमेत दिएको छ ।वैदेशिक रोजगारीका क्रममा स्वदेश तथा विदेशमा ठगीमा परी विभागमा परेको उजुरी माथि वर्षौसम्म कारबाही अघि बढ्न नसकेपछि मन्त्रालयले सो निर्देशन दिएको हो ।