देशभरबाट एकैसाथ कांग्रेसको विरोध पत्र प्रधानमन्त्रीलाई

241

माघ ५,
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गर्दै देशभरबाट विरोध पत्र पठाएको छ । कांग्रेस जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएका हुन् । काठमाडौंमा पनि माइतीघर मण्डलामा भेला भएर कांग्रेस नेता कार्यकर्ता जुलससहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा कसैलाई निरन्तर जिस्क्याए ५ वर्षसम्म जेल वा १५ लाखसम्म जरिमाना वा दुवै सजाय हुन सक्नेसम्म व्यवस्था छ । संसदीय समितिले पनि यही प्रावधानसहित विधेयक पास गरेर संसदमा पठाएको छ ।