बैठकपछि कांग्रेसको यस्तो निर्णय

146

जेठ १७,
काठमाडौं । नेपाली कांग्रेसले तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेललाई कैद माफी दिने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको निर्णयले न्यायिक सर्वोच्चताको धज्जी उडाएको आरोप लगाए । कांग्रेसले सरकारले ल्याएको बजेटमा १४ बुँदे असहमतिसमेत सार्वजनिक गरेको छ ।

कांग्रेसले ६५ वर्षमा वृद्धभत्ता दिने र मिर्गौला, क्यान्सर तथा स्पाइनल इन्जुरी भएका बिरामीहरुलाई जीविकोपार्जनबापत पाँच हजार रुपैयाँ भत्ता दिने कार्यक्रमलाई बजेट विनियोजन नगर्नु आपत्तिजनक भएको बताएको हो । यस्तै, श्वेतपत्रमार्फत् मुलुकको अर्थतन्त्र धरासायी रहेको ठहर गर्ने कम्युनिस्ट सरकारले अहिले भने ८ प्रतिशतको वृद्धिदर हासिल हुने लक्ष्य प्रस्तुत् गरेर श्वेतपत्रको खन्डन गरेको पनि शर्माले बताए । निजी क्षेत्रलाई बजेटले प्रोत्साहन गर्न नसक्नुले निजी क्षेत्र निरुत्साहित हुने र रोजगारी सिर्जनामासमेत गम्भीर प्रतिकूल असर पर्ने कांग्रेसको ठहर रहेको छ ।