सिन्धुपाल्चोकको मेलम्चीमा घट्यो यस्तो घटनाः आफ्नै साथी बनेर आए काल

1027

घाइतेको तड्पदै ज्यान गयो, सात जना पक्राउ
पुस २४, सिन्धुपाल्चोक । यहिँ पुस ७ गते मेलम्ची नगरपालिका वडा नं. १० चप्लेटी पाखो बागमारामा एक जना पुरुषको शव भेटियो । सो शवका बारेमा प्रहरीले बुझदै जादाँ भारत बिहार घर भई हाल पर्सा जिल्ला पोखरीया नगरपालिका ८ बस्ने बर्ष ३७ को राजकुमार मुखियाको थियो । घटना अनुसार ईन्द्रावती गाउँपालिका वडा ५ लामाटोलमा पुर्ण बहादुर तामाङको घर ढलान गरेर फर्कदा मुखियाको मृत्यु भएको थियो । तर यो प्राकृति वा दुर्घटनाबाट नभइ आफ्नै साथीहरुले कुटपिट गरेर घाइते बनाउदाँ राजकुमारको मृत्यु भएको प्रहरी अनुसन्धानमा खुल्ल आएको छ ।

सोही दिन राती ११ बजेको समयमा ना. ७ त. २०९५ नं. को ट्रयाक्टरमा चढी मेलम्ची तर्फ फर्कने क्रममा मृतक मुखिया र उनका साथीहरु मादक पदार्थ सेवन गरी नशाको सुर थिए । बाटोमा आउदैं गर्दा वादविवाद भएपछि मुखियालाई साथीहरुले कुटपिट गरे । कुटाईबाट घाईते उनलाई छाडेर साथीहरु भागे । ७ गते समिर मियाँ जो ठेकेदार समेत हुन् । ठेकेदारकै मिलेमतोमा अचेत अवस्थामा रहेका घाईते राजकुमार मुखियालाई ट्याक्टरमा राखी मेलम्ची तर्फ ल्याउदै थिए । तर बाटोमा नै उनको मृत्यु भयो ।

मेलम्ची नगरपालिका १० चप्लेटी पाखोमा पुग्दा घाइते मुखियाले तड्पिदै प्राण त्यागे ।
त्यसपछि ठेकेदार मियासँग भेट गरी लाशलाई पाखोबाट फालेर सबै जना फरार भएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरिक्षक माधव प्रज्वल मर्हजनले जानकारी दिए ।
यसबारेमा प्रहरीले अनुसन्धान गर्दै जादाँ पुस १६ गते घटना भएको भएको १० दिनपछि आरोपीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा बिरगंज महानगरपालिका वडा नं. ११ रानीघाट बस्ने बर्ष २७ को प्रेम यादव, सोही महानगरपालिका ७ बस्ने बर्ष २७ को भोला माझी साह र वडा नम्बर ४ बस्ने बर्ष ५३ को राजेश मेष्तर रहेका छन् । पर्सा बिरगंज महानगरपालिका वडा नं.१३ बस्ने बर्ष ४८ को राजन साह, वडा नं.१ बस्ने बर्ष ३५ को अशोक साह, पर्सा बहुअरी गा.पा.वडा नं.३ बस्ने बर्ष २५ को बिनोद पासवान, रुपन्देही तिलोत्तमा न.पा. १२ बस्ने बर्ष ३६ को सन्तोष थापा मगर समेतको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले भोला माझी साह, राजेश मेष्तर, राजन साह, अशोक साह, बिनोद पासवान र सन्तोष थापा मगरलाई मेलम्ची नपा १३ फटकशिलामा लुकिछिपि हिँडिरहेको अवस्थामा पक्राउ गरेको थियो । मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङको टोलीले खोजतलास गर्दै जाने क्रममा मुख्य अभियुक्त यादवलाई जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी पुस २२ गते पक्राउ गरेको छ । घटना पश्चयात फरार यादवलनई पर्सा बिरगंज महानगरपालिका वडा नं. १५ स्थित नेश्नल मेडिकल कलेज शिक्षण अस्पताल परिसरबाट पक्राउ गरी सिन्धुपाल्चोक ल्याएको हो । प्रहरीले सिन्धुपाल्चोक जिल्ला अदालतबाट म्याद अनुमती लिई यसबारेमा थप अनुसन्धान गरिरहेको छ ।