एमसिसीले नेकपामा रडाको

181

पुस २२,
काठमाडौं । अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा रडाको जारी छ। इन्डो प्यासिफिक रणनीतिकै अंग हो कि होइन भन्‍ने विवादमा नेकपा फसिरहँदा अमेरिकाले भने यस परियोजनासँग जोडिने १० जिल्लामै सार्वजनिक सुवाइ गरिसकेको छ। अमेरिकाले एमसिसी परियोजना अन्तर्गतको आयोजना प्रभावित १० जिल्लाका ३० वटा स्थानीय तहका जनतासँग प्रत्यक्ष छलफल गरिसकेको हो। यसबारेको जानकारी काठमाडौंस्थित अमेरिकन दूतावासले मंगलबार दिएको छ। एमसिसी परियोजना विवादले नेकपा दुई धारमा विभाजित दूतावासका अनुसार एमसीसी अन्तर्गतको मिल्लेनियम च्यालेन्ज एकाउन्टले ४०० केभी प्रसारण लाइन र तीनवटा नयाँ सब(स्टेसन निर्माणका लागि १० जिल्लाका ३० वटा नगररगाउँ पालिकाहरूमा सार्वजनिक सुनुवाई गरेको हो।

६३० मिलियन डलर लगानी यी प्रसारण लाइनहरूले नेपालको विद्युत प्रसारण क्षमतामा महत्वपूर्ण योगदान गर्ने दूतावासले जानकारी गराएको छ। अमेरिकी मिशन अन्तर्गत नेपालको आर्थिक विकासका लागि एमसीसीकोतर्फबाट ५०० मिलियन डलर ९५५ अर्ब रुपैयाँ० खर्च गरिँदैछ। सञ्‍चारमन्त्री बाँस्कोटाले भने- ‘कसैले चाहेर एमसिसी रोकिँदैन’ यसमा नेपाल सरकारको १३० मिलियन डलर ९१५ अर्ब० रुपैयाँ लगानी हुँदैछ। यो परियोजनाको कूल बजेट ६३० मिलियन डलर रहेको छ। अमेरिकाले ती १० जिल्लाका जनतासँग छलफल गरेर नेपाललाई सहयोग गर्न पाउँदा गौरवको महसुस भएको जनाएको छ। यी कार्यक्रम जवाफदेहिता, पारदर्शिता र पारस्परिक समृद्दिको सिद्दान्तमा आधारित हुने जनाएको छ। -thahakhabar